न्यानो बोकेर सहयोग गर्न नुवाकोट पुगे क्याप्टेन विजय लामा

नुवाकोट एक्प्रेस / क्याप्टेन विजय लामा शुक्रबार नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ स्थित जालपादेवी आधारभूत विद्यालयमा पुगेका छन । त्यस विद्यालयका विद्यार्थीहरुको लागि न्यानो कपडा र दिवा खाजा लिएर उनि पुगेका हुन् । न्यानोपन संस्था मार्फत उक्त सामग्री लिएर उनि त्यहाँ पुगे ।

सोही वडाका नेपाली काँग्रेसका प्रत्यासी वडाध्यक्ष बुद्धराज लामा र नेपाल तरुण दल क्षेत्र नम्बर १ नुवाकोटका अध्यक्ष यदुमान लामाको पहलमा वरिष्ठ अभिनेता लामा त्यसरी पुगेका हुन् । यसअघि उनी सोही ठाउँमा असार १५ को रोपाइँ जात्रामा प्रमुख अतिथि भएर पुगेका थिए ।

बरिस्ठ अभिनेता लामाको उपस्थिति देख्दा गर्वको महसुस भएको बताइन्, शिक्षिका उषा लामाले । उनले भनिन्, सधैं स्क्रिनमा देखिएका अनुहारले शैक्षिक विकासमा बालबालिकालाई उत्साह प्रदान गरेकोमा बेहद खुशी छु । यसैगरी केही बिद्यार्थीले उनी अभिनित चलचित्रका गीत पनि गुनगुनाए ।

प्रत्यासी वडाध्यक्ष लामाले व्यस्त हुदाहुदै पनि हाम्रो गाउँमा सहयोग गरेकोमा अभिनेता लामालाई धन्यवाद व्यक्त गरे ।

१७ बर्ष अगाडि स्थापित न्यानोपनमार्फत बरिस्ठ अभिनेता लामा र संस्था परिवारले थुप्रै सामाजिक कार्य गर्दै आइरहेका छन् ।

Loading...
प्रकाशित मिति November 30, 2019