प्रकाश सपूत र शान्तिश्रीलाइ छिन्नलता नव प्रतिभा पुरस्कार

काठमाडौं २८ असार / गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत बोल मायाका गायक तथा गायिकालाइ २०७५ को छिन्नलता नव प्रतिभा पुरस्कार दिएको छ ।हिजो एक कार्यक्रमका बिच यो पुरस्कार दिइएको हो । पुरस्कार पाए पछि हामी संग कुरा गर्दै गायिका शान्ति श्रीले आफुलाइ यो सम्मानले हौसला जिम्मेवारी बोध भएको बताउनु भयो । साथै सबै स्रोता दर्शकलाइ समेत धन्यवाद दिनु भयो ।हाम्रो तर्फबाट पनि बोल मायाको टिमलाइ धेरौ धेरै बधाइ ।

साथै सो पुरस्कार पाए पछि गायक प्रकाशले आफ्नो सामाजिक संजालमा सबैलाइ धन्यवाद दिदै यस्तो लेखेका छन ,” गत वर्ष रिलिज भएको ” बोल माया “ गित बाट गायिका शान्ती श्रि जी र मैले छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५ प्राप्त गरेका छौ । जुन मेरा लागि राष्ट्रीय स्तरमा प्राप्त गरेको अहिले सम्मकै ठुलो पुरस्कार हो ।

पुरस्कार गुठि प्रति कृतज्ञ ।बाबाआमालाई पुरस्कार ग्रहण गरेको साक्षी राख्ने मन थियो । आमा खुसीले एक झप्का रुनुहुन्थ्यो होला पनि तर वर्खाको समयमा यात्रा जोखिमपुर्ण हुन्छ भनेर गाउ बाट आउनुस भन्न सकिन । जहा भएपनि बाबाआमा, बिन्दु, प्रविष्टि, भाईहरु सहित घरपरिवार आफन्त इष्टमित्र र गाउको प्रत्यक्ष माया र आशिर्वाद सधै छ ।

अग्रज आदरणिय नारायण रायमाझि सर, गायिका शान्ति जि , मोडल अन्जली अधिकारी जि, एरेन्जर कमल सौराग दाई, मान ब सर (मार्मिक स्टूडियो) , सह निर्देशक देबेन्द्र बब्लु, क्यामरा करण जि, सम्पादन प्रवीण जि , पोस्टर डिजाईनर पवन जि, लगायतको प्राविधिक टिम, व्यवस्थापक विराज दाई, सुनिल कान्छो , कार्यकारी निर्माता भाका नेपाल, सह निर्माता पृथ्वी थकाली दाई, सम्पुर्ण पात्रहरु सहित बोल मायाको टिमलाई यो पुरस्कार प्राप्त गर्नुको जस दिन चाहन्छु ।”

सबै भन्दा बढि श्रेय तपाई दर्शक स्रोतालाई जान्छ । बोलमायालाई धेरै भन्दा धेरै माया दिनुभएकोमा धन्यबाद सहित यो खुसी सेयर गर्न चाहन्छु ।गर्न धेरै नै बाकि छ । किनकि यात्रा भर्खर शुरुभएको छ । लौ मानम यात्रा कतै रोकिएछ भने पनि जीवनमा सन्तोष मान्ने एउटा गरुङगो पुरस्कार चै भयो । खुसी छु ।र गलबन्दी नाईट कार्यक्रमका लागि २८ गते शनिबार झापाको विर्तामोड आउदैछौ । धन्यबाद ।”

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार १४:३५