कन्चनपुरमा नेकपाका उम्मेद्वार विजयी

कन्चनपुर /मंसिर १४ -कन्चनपुरको पुनर्वास नगरपालिकामा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् ।

११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।

रोल्पा

रोल्पाको थबाङमा गाउँपालिका–१ को उपनिर्वाचनमा नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकालाई १४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेकपाका बुढाले एक सय ७४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका रोकाले २६ मत ल्याए ।

२०९ मत खसेकोमा ९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

Loading...
प्रकाशित मिति November 30, 2019