भरतपुरमा नेपाली कांग्रेस विजयी

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा भएको उप–निर्वाचनमा नेपाली काँग्रेसले बाजी मारेको छ । आईतवार बिहान पौने ३ बजे सकिएको मतगणनामा काँग्रेसका अमृतराज हमालले ३ सय ८ मतअन्तरका साथ बाजी मारेका हुन ।

अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गरे ।

गत निर्वाचनमा यस वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुर्मान गुरुङ बिजयी भएका थिए । उनको निधन भएपछि उप–निर्वाचन गरिएको हो । कूल ६ हजार २ सय ५० मत खसेकोमा १ सय २१ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हमालयद्वयसंग प्रतिसपर्धा गरेका अन्य उम्मेद्वारले नगण्य मत मात्रै प्राप्त गरे । वडा नम्बर १६ मा काँग्रेसलाई राप्रपा संयुक्तले समेत समर्थन गरेको थियो ।

नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भएकाले यस वडाको परिणामलाई आम सर्बसाधारणले समेत चासोका साथ हेरेका थिए । केहिदिनअघि भएको चुनाबी सभामा प्रचण्डले नेकपा बिजयी भईसकेको भन्दै दुःख नगर्न अन्य पार्टीलाई सुझाब दिएका थिए ।

Loading...
प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार ००:३५