आज विवाह पञ्चमी धुभधामले मनाइँदै

काठमाडौं, १५ मंसिर / त्रेता युगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

आज जनकपुरको जानकी मन्दिर परिसरमा विधिअनुसार राम र सीताको स्वयंवरपछि वैवाहिक कार्यक्रम हुने छ । राजा जनकले सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले ती टुक्रा पारेपछि मंसिर शुश्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ ।

उत्समवमा मटकोरभन्दा अगाडि तिलकोत्सव, स्वंयवर र विवाह सम्पन्न गरिन्छ । श्रद्धालुहरु विहान सबेरै देखि पवित्र सरोवर नदीमा स्नान गरी पुजाअर्चना गर्ने गर्दछन् ।

Loading...
प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार ०१:२३