ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा एकै परिवारका ६ सहित ७ को मृत्यु

सुनसरी /कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रक र एम्बुलेन्स एकाआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । गएराति साढे १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुममा उदयपुरको त्रियुुगा नगरपापलिकाका राजेश दनुवार, दुुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन् । मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा राखिएको छ । मृतक दनुवार एम्बुलेन्स चालक हुन् भने अन्य सबै एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार ०३:३२