उपनिर्वाचन कास्की : विद्याको ३२ सय मत हुँदा, साझाकी रजनीको ३२ मत

कास्कीको प्रारम्भिक मतगणनामा नेकपाका विद्या भट्टराईले ३ हजार २ सय मत ल्याउँदा साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छन् ।

सबैभन्दा पहिले गणना भएको  वडा नम्बर ३३ मा नेपाली काँग्रेसका खेमराज पौडेलले भने २१ सय १५ मतसहित  नेकपाकी विद्या भट्टराईलाई पछ्याएका छन् ।  त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले ९५,  र राप्रपा संयुक्तकी गंगा मल्लले ६ मत ल्याएकी छन् ।

५ हजार ६ सय ५३ मत खसेको उक्त वडामा ५१ मत बदर भएको थियो । अहिले वडा नम्बर २१ को मतगणना सुरु भएको छ ।

Loading...
प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार ०३:५१