कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

पोखरा / कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् ।

शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो ।

यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।

जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ । विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । अन्तिम मतपरिणाम भने निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।

Loading...
प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार १३:२७