कालो गए गोरो आउँछ मलाई डर छैन – अञ्जु पन्त

काठमाडौं / चर्चित गायिका अन्जु पन्त र बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा राजु बिरही लामाको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘छैन मलाइ डर’बजारमा आएको छ।

अन्जु पन्तले थोरै मात्र दोहोरी गीत गाउछिन छानेर दोहोरी गीत गाउने उनि यो पटक फेरी छैन मलाइ डरमा जोडिएकी छिन।

गीतमा लय बाल कुमार श्रेष्ठको रहेको छ भने शब्द निर्मल श्रेष्ठको रहेको छ।चन्द्र सुर्य फिल्म्सले बजारमा ल्याएको उक्त गीतमा अभिनय भने चर्चित मोडल श्रीष्टि खड्का र उमंग श्रेष्ठले गरेका छन।

प्रकाश भट्टको निर्देशन रहेको भिडियो छायांकन सागर गौतमको हो भने सम्पादन बिष्णु शर्माको रहेको छ।

मोडल : सृष्टि खड्का

यो पनि पढौ

केहि समय अगाडी कमला घिमिरे निकै भाइरल भईन उनि संगै केहि प्रतिष्पर्धामा कलाकारहरु आउन थाले तर एउटा यस्तो प्रतिभा फेरी धादिङमा भेटिएकी छिन।

सुनिता बागदाश नाम गरेकी संचारकर्मी समेत रहेकी उनि निकै मिठो गाउने रहिछन।उनको आवाज सुन्दा मानौ एक चर्चित गायिका भन्दा कम छैन।उनको पहिलो दोहोरी बाहिरिएको छ।

निकै पिडा भोगेकी सुनितालाई राजधानीले पत्त्याएना।उनी गीत गाउनको लागि राजधानी पुगिन जव एक जना ठगले उनको पैसा खाइदियो जुन पैसा उनले सिक्री बेचेर दिएकी थिइन त्यसकारण उनि कहिल्यै काठमान्डौ नजाने कसम खाएकी छिन।

उनको आवाजले अब फेरी स्थान पायो भने पक्कै कमलाको जस्तै चर्चा सुनिताको पनि मिल्ने छ जसको लागि यो भिडियो पुरा हेर्न पर्ने छ।भिडियो हेरौ :

Loading...
प्रकाशित मिति १७ मंसिर २०७६, मंगलवार ०१:१८