काठमाडौं / मंगलबारको दिनलाई एक पवित्र दिन मानिने गरिन्छ । यस दिन गरेका कामहरु पुरा हुने बिश्वास पनि गरिन्छ । यस दिन गणेश, दुर्गा, काली र हनुमानको पूजा गरिने गरिन्छ ।
यस दिन धेरै भक्तजनहरु देवी देवताको ब्रत बस्ने र मन्दिर जाने गर्छन् । ज्योतिषशास्त्र अनुसार मंगलबारको दिन केहि कार्यहरु गर्नु अशुभ मानिन्छ ।
मंगलबार मंगल ग्रहको प्रभाव हुने र यस दिन केही कार्य गर्न नहुने ज्योतिषशास्त्रमा बताइएको छ । गर्न नहुने कार्य गरेमा कुण्डलीमा बाधा पुग्ने धार्मिक विश्वास छ।
मंगलबारको दिन कपाल काट्नु हुँदैन, भोजनलाई डड्न दिनु हुँदैन, मांसाहारी भोजन खानु हुँदैन तथा जाँड, रक्सी, भाङजस्ता नसालु पदार्थ सेवन गर्नु हुँदैन, श्रृंगारका सामान खरिद गर्नु हुँदैन , धारिला बस्तुहरु खरिद गर्नु हुँदैन ।
रात्री भोजनमा नुनको सेवन गर्नु हुँदैन, नङ काट्नु हुँदैन, मिठाई खरिद गर्नु हुँदैन, कालो रंगको वस्त्र लगाउनु हुँदैन र आर्थिक लेनदेन गर्नु हुँदैन ।