कमलाको ‘जिन्दगी’

काठमाडाैँ /भाइरल बालिका गायिका कमला घिमिरेको नयाँ गित अर्थात दोश्रो गीत बजारमा आएको छ। यस अघि कमला घिमिरेको पहिलो गित चिया छानेकोले राम्रो सफलता पाएको छ भने अझै पन गीत ट्रेन्डमा रहेको छ। यो संगै कमलाको लागि नयाँ नयाँ गीतको धेरै अफर आउने गरेको थियो भने आजै मात्र उनको दोश्रो गीत जिन्दगी बजारमा आएको हो।

त्यस्तै कमलाको अन्य गीतहरु पनि यतिबेला कमलाको छायांकन धमाधम भैइ रहेको छ। यस गीतमा कमला घिमिरेको र किशन विनायक को स्वर रहेको छ भने झलक संगीतम, रेशम ओली र कल्याण घिमिरेको शव्द संयोजन रहेको छ। गीतमा संगीत , अरेन्ज र मिश्रण झलक संगीतमको रहेको छ। त्यस्तै गीतमा चर्चित मोडेल करिश्मा ढकालको अभिनय रहेको छ।

११ बर्षिय बालिका गायिका कमला घिमिरेको अहिले देश तथा बिदेशबाट धेरै भन्दा धेरै माग बढेर गएको छ। देशमा हुने विभिन्न मेला महोत्सवमा पहिलो नम्बरको रोजाईमा कमला घिमिरे पर्ने गरेकी छिन।

कमलाको उपस्थिति भएको कार्यक्रममा हजारौं दर्शकको आगमन हुने गरेको छ । त्यस्तै कमला घिमिरे अब छिट्टै बिदेशको यात्रामा निस्कने तयारिमा रहेकी छिन। बिदेशमा हुने साङ्केतिक कार्यक्रममा कमलालाई निम्तो आउने गरेको छ।

Loading...
प्रकाशित मिति १७ मंसिर २०७६, मंगलवार २२:२८