ह्वात्तै घट्यो प्याजको भाउ

काठमाडौ  / नेपाली बजारमा प्याजको मूल्य घटेको छ । केहि दिन देखी आकाशिएको प्याजको मूल्य आज घटेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याज  दुई दिनमा ११ प्रतिशतले घटेको बताइएको छ । खुद्रा मूल्यमा प्यााज १ सय ९० रुपैयाँ प्रति किलोग्राम घटेको जनाइएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि बढेको प्याजको मूल्य आज घटेको हो ।

गएको हप्ता  प्याज प्रति किलोग्राम २ सय ४० रुपैयाँसम्म थियो । तर आज भने घटेर १ सय ९० रुपैयाँ प्रति किलोग्राम पुगेको बताइएको छ ।

सुकेको प्याँज १ सय ९० र सेतो प्याँज १ सय ८० रुपैयाँमा विक्रि भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । चीनबाट प्याज भित्रिन थालेपछि नेपाली बजारमा प्याजको मूल्य घटेको जनाइएको छ ।

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०१:३९