सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईकाे जागिर खुल्याे

काठमाडौं, १८ मंसिर / सशस्त्र प्रहरीमामा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खुलेकाे छ ।

ती पदहरूमा ठूलो संख्यामा दरखास्त माग गर्दै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले विज्ञापन जारी गरेकाे छ । प्रधान कार्यालय अन्तरगतकाे मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो ।

जारी विज्ञापन अनुसार इन्सपेक्टर पदमा ५८ जना र असई २३९ जना माग गरेको हो । इच्छुक नेपाली नागरिकले पुष १७ गतेसम्म रीतपूर्वक दरखास्त दिन सक्नेछन् । सम्पर्क मिति माघ १० गते ताेकिएकाे छ ।

फाइल फोटो

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०२:५५