मलेसियाले माग्यो एकैपटक ३१ हजार नेपाली युवा, कुन कामका लागि कति?

काठमाडौं / कामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली युवाको माग गरेको छ।

मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणित भई विभिन्न पाँच क्षेत्रका लागि ३१ हजार २ सय १ नेपालीको माग आएको हाे।

नेपाल र मलेसिया सरकारबीच १ वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आएपछि ३१ हजारभन्दा बढी नेपाली कामदारको माग आएको कारोबारमा खबर छ ।

मलेसियास्थित नेपाली दूतावासले मंगलबार पाँचवटा क्षेत्रका लागि आएका ३१ हजार २ सय १ युवाका लागि मागपत्र प्रमाणित गरिएको जनाएको छ।

मलेसियाबाट आएका माग क्षेत्र र संख्या

-निर्माण- १,०३०

-औद्योगिक- १७,११६

-सेवा क्षेत्र- १०,१८३

-कृषि क्षेत्र- १,४७५

-प्लान्टेसन- १,३९७

-निर्माण- १,०३०

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०३:२४