गढीमाईबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं / गढीमाईबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १४ जना घाइते भएको छन् ।

दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तलादेवी महतो र भारत जयनगर घर भएका तनियादेवी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाराको गढीमाई मेलाबाट फर्किदै गरेको २ च ८८५५ नम्बरको यात्रुबाहक पिकअप भ्यान बुधबार बिहान अनियन्त्रित भई पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिको लक्ष्मिनीयाँमा सडकबाट तल खसेको हो।

विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकले हेडलाइट डिम नगर्दा दुर्घटना भएको बर्दिबास इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा  ४ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ। घाइते १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ ।

– फाइल फोटो

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०५:११