फेरि झ्याप्पै बढ्यो सुनको भाउ

काठमाडौं / साताको चौथो दिन बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन आठ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

मंगलबार ७१ हजार चार सयमा कारोबार भएको छापावाला सुन बुधबार आठ सयले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०५:३२