मेनुका पौडेलको नयाँ गीत ‘रङ्ग भित्रको’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं / नेपाल आइडलबाट चर्चित बनेकी गायिका मेनुका पौडेलको नयाँ गीत ‘रङ्ग भित्रको’ सार्वजनिक भएको छ । सञ्चारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा उनिएको गीतमा मेनुकाको स्वर भरिएको छ ।

गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।

एक रानीको राजासंगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतको भिडियोमा नायक निराजन प्रधान र नायिका नीता ढुंगानाको अभिनय रहेको छ ।

भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०७:३३