२० दिनको सुत्केरी छाडेर श्रीमान बेपत्ता , घरमा खाने कुरा छैन

काठमाडौं / ठूलो छोरा दुई वर्षको छ । अहिले सुत्केरी भएको २० दिन भैसक्यो तर तीन छाक देखि खान पाएकी छैनन् । घरमा खानेकुरा केही छैन । तर श्रीमान भने सुत्केरी भएको भोलीपल्ट घर आएका थिए तर एकछिन बसेर फेरी फर्किए ।

श्रीमानको अरु महिलासंग सम्बन्ध भएका कारण आफुलाई वेवास्ता गरेको ति महिलाको भनाई छ । यो भिडियोमा प्रस्तुत भएको कथाले पक्कै पनि जो कसैको मन पग्लन सक्छ ।

घरमा खानेकुरा केही नभएपछि सासु ससुराले पनि होटलमा गएर खान्छन् घरकी सुत्केरी भने भोकै । श्रीमानले वेवास्ता नगरेपछि घरका अन्य सदस्यले पनि वास्ता गर्दैनन् ।

दुई वर्षको बालकले त खान पाएका छैनन् तर भर्खर जन्मेको शिशुले पनि खान पाएन । सुत्केरी आमाले केही खान नपाएका कारण दुध पनि आएन । भर्खरै सुत्केरी भएको बेलामा पनि घरका परिवारले सहयोग नगरेपछि रगत बगाउँदै घरको घरधन्दा आफै गर्नुपरेको सुत्केरी महिलाले बताइन् ।

अन्य घरका सदस्यले खाएको भाँडाकुँडा पनि सुत्केरीले नै माझ्दै आएको बताइन् । सुत्केरीले पानी खान माग्यो भने जवाफ लगाउँदै हिड्ने गरेको उनको गुनासो छ ।

घरमा खानेकुरा नभएपछि उनी दुई दिन भोकै सुतीन् । घरमा भएकै खानेकुरा पनि बनाएर खान दिने कोही छैनन् । कामका लागि भनेर हिडेका श्रीमानले एक रुपैया पनि श्रीमतीलाई दिँदैनन् ।

घरमा भएका परिवारका सदस्य पनि विहानै उठेर हिड्छन् घरकी सुत्केरीलाई खान दिने वास्ता पनि गर्दैनन् । यो भिडियो सार्वजनिक भएपछि उनलाई अहिले सहयोग गर्नेहरु घरमै पुगेका छन् । कपडा र खानेकुराहरु लिएर गएका सहयोगीहरुलाई उनले धन्यवाद दिएकी छन् ।

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार १२:५६