दुईजना बाख्रा चोर पक्राउ

कैलाली प्रहरीले बाख्रा चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ टनकपुरका भुकाली चौधरीको दुईवटा बाख्रा चोरीको आरोपमा ईलाका प्रहरी कार्यालय सुख्खडले दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय कन्हैयालाल चौधरी र २० वर्षीय कलबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ।

उनीहरुले मदिरा सेवन गरेका उनीहरुले वनमा चरिरहेको अवस्थामा से४प ७९८२ नम्बरको मोटरसाईकलमा बाख्रा चोरेर लैजाने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

दुवैजना विरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

– तस्बिर / दिनेश खबर

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार १७:३४