आज विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?

काठमाडौं / आज यूके पाउण्ड बाहेक सबै देशको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्रबैकंले आजका दागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ र बिक्रिदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४७ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ३३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ७७ पैसा रहेको छ ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १९ मंसिर २०७६, बिहीबार ०१:४०