उदयपुरकी अनुपमाले नेपाललाई स्वर्ण पदक दिलाईन् ।

बिक्रम राई / उदयपुर

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा उदयपुरकी अनुपमा मगरले नेपालको लागि स्वर्ण पदक दिलाएकी छिन् ।

उदयपुरको कटारी ११ मयँङखु घर भएकी अनुपमाले पहिलो पटक दक्षिण एसियाली खेल प्रतियोगिताबाट नेपालको लागि स्वर्ण पदक जित्न सफल भएकी हुन् । माओवादी जनयुद्ध काल देखि नै खेल क्षेत्रमा प्रवेश गरेकी उनिले अन्य खेलहरुमा काँस्य र स्वर्ण जित्न सफल भए पनि (साग) मा भने स्वर्णमा नेपालको प्रतिनिधित्व नै गरिन् ।

६८ केजी माथि कराँते तर्फ पाकिस्तानी खेलाडी नागरिसलाई ६–२ को स्कोरमा हराएपछि अनुपमा शिर्ष स्थानमा पुग्दै स्वर्ण पदक लिदाउन सफल भईन् ।

खेल क्षेत्रमा परिवारको राम्रो सहयोगको चर्चा गर्दै उनिले जितको पहिलो खुसी आफ्नो दिवंगत आमा प्रति सर्मणप्रित गरिन् । सफलताको लागि पहिलो सहयोग पारिवार बाट नै हुनु पर्ने महसुस गर्दै उनिले परिवारप्रति निकै खुसी व्यक्त गरिन् । अनुपमाले अवको लक्ष्य ओलम्पीकको रहेको बबताईन् ।

अनुपमाले  जितको क्षणमा खुसीले आफुलाई सम्हाल्न नसकेको बताईन् । त्यसमा पनि एसियन गेम्सको काँस्य पदक खेलाडीलाई पछि पार्दै स्वर्णको लागि आफ्नो स्थान सुरक्षित राख्न सफल भएकी अनुपमाले खुसीको सिमै नरहेको बताईन् ।

Loading...
प्रकाशित मिति १९ मंसिर २०७६, बिहीबार ०४:३६