विहे गरेको २४ दिनमै श्रीमती हराएपछि , खोजिदिन श्रीमानको आग्रह

चौतारी / पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकले धेरैलाई सेवा सुविधा दिँदै आएको छ , कतिको घरबार नै बिगारेको समाचारहरु पनि छ्याप छाप्ति पढ्न पाइन्छ । कतिलाई फेसबुकले सुन्दर घर बसालिदिएको छ भने कसैको सुन्दर घर उजाड पनि बनाइदिएको छ, त्यस्तै पोखराबाट एक सुन्दै अनौठो लाग्ने घट्ना बाहिरी आयो ।

१७ बर्षिय रवि क्षेत्री नाम गरेको युवक र १४ बर्षिया युवती रुपा थापाको फेसबुकमा चिनजान हुन्छ, चिनजान सँगै दैनिकि फेसबुक च्याट हुन थालेपछि अन्ततः भेट्ने निर्णय गर्छन् एकअर्कामा, ‘भेट्नकै लागि राती युवतीले फेसबुकमा चिनजान रविलाई घर नजिकै सम्म बोलाउछिन्, रवि पनि खुशी हुँदै भेट्न जान्छ लगभग ३ घन्टाको लामो यात्रा पार गरेर । पहिलो भेटनै उनिहरुको लागि विवाह बन्धनको साइत बन्न पुग्छ, भेटघाटमा कुराकानी भइरहेको बेला रुपाको ममिले अचानक उनिहरुलाई देखेपछि अन्तत मनमा भाग्न बाहेक अरु केही सोच्न नसकेको बताउँछन् ।

त्यसपछि उनिहरु त्याहाबाट भाग्न सफल भए, ‘तर; युवती घर फर्कन नमानेपछि उनिहरु एक अर्कामा जीवन बिताउने निर्णयमा पुग्छन् ( यहाँ सम्मकी आफूले विवाह नगरे मर्छु भनेपछि विवाह गर्न बाध्य भएको बताउँछन् रवि )

गत जेठ २४ गते विवाह बन्धनमा बाधिएको रवि र रुपाको जोडी एक महिना पनि नबित्दै छुट्न परेको छ ,असार २१ गते सबै जना सुतिरहेको बेला रविको घर छाडेकि रुपा अहिलेसम्म कहाँ छिन् कस्तो अबस्थामा छिन् अत्तोपत्तो नलागेपछि श्रीमान रवि हारगुहार माग्दै भौतारी रहेका छन् ।

खोज्न पर्ने सबै ठाउँ खोजिसकेको र माइती सम्म पुग्दा पनि पत्ता नलागेपछि खोज्नको लागि मद्दत गरिदिन आग्रह गरेका छन् । अझ माइती पक्षको दबाब पनि छ उनिमाथि माइति पक्षले “कि सास चाहियो कि लास चाहियो” भनेर दबाब दिएको पनि रविले बताए ।”

– असफल यात्री मुस्कान

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार १७:३८