भुटान विरुद्ध नेपालको सानदार जीत

काठमाडौं / भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १४१ रनको फराकिलो अन्तरले विजयी भएको छ। १३ औँ साग अन्तर्गत टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतमा २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्रै बनायो । नेपालका लागि पारस खड्काले सर्वाधिक दुई विकेट लिए। यस्तै करन केसी, पवन सर्राफ, ललित राजवंशीले समान एक–एक विकेट लिए।

भुटानका लागि रञ्जुङ दोर्जीले सर्वाधिक २७ रन बनाए। भुटानले नेपालविरुद्ध पहिलो टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको हो। यसअघि उसले टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको थिएन।

Loading...
प्रकाशित मिति १९ मंसिर २०७६, बिहीबार ०६:५३