पाल्पामा भिरबाट जीप खस्दा , २ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गमा जीप दुर्घटना भएको जनाइएको छ ।

अहिले सम्म मृतकको पहिचान भने खुलेको छैन । जिपमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

प्रहरी टोली र स्थानीयहरू उद्धारमा खटिएको जनाइएको छ । ठुलो क्षतिको अनुमान गरिएको छ ।

थप विवरण आउन बाँकी छ ।

Loading...
प्रकाशित मिति १९ मंसिर २०७६, बिहीबार ०७:३९