मिथुन दर्नाली र रेखा जोशीको नयाँ गीत सार्वजनिक

जगतदल जनाला बिक / सुर्खेत –  सुर्खेतको पश्चिम लगाममा जन्मिएर कैलालीमा हुर्किएका मिथुन दर्नाली अहिले गायन र मोडलिङ क्षेत्रमा स्थापित हुँदै गएका छन् । विशेष गरी टिपिकल लोक र ¥याप गीतमा रुचि राख्ने दर्नाली पारिवारिक समस्याका कारण लामो समयसम्म भारतमा बस्नुपर्यो ।

वि।सं। २०७२ सालमा ‘छैन मेरो काचको महल’ भन्ने टिपिकल लोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका उनी आफ्नो लक्ष्य प्राप्तीका लागि २०७४ साल देखि काठमाण्डौं बस्दै आएका छन् । राजधानीको बसाइँ उनका लागि त्यति सहज थिएन । नयाँ ठाउँ, महँगी, आर्थिक अभावका बाबजुद पनि उनले संघर्ष गर्न छोडेनन् ।

मोडलिङ र गायन क्षेत्रमा अहोरात्र खटिरहने गायक दर्नालीले पछिल्लो समयमा आफ्नै मस्टो म्युजिक प्रा।लि। समेत सञ्चालनमा ल्याएका छन । अहिले उनी सांगीतिक क्षेत्रमा आउनलाई पारिवारिक साथसँगै दर्शक स्रोताको अपार माया पाउन सफल भएका छन् ।उनका सांगीतिक कोसेली ‘सुदूर पश्चिम।

’, ‘सुन्तला केरा‘’, ‘रातो भाले’, ‘चन्द्रागिरीमा‘’, ‘साउदी कतार‘ जस्ता एक दर्जन बढी गीतमा शब्द, लय, स्वर र अभिनय गरिसकेका छन् ।नेपाली सांगीतिक क्षेत्रको अवस्था खस्किदो क्रममा रहे पनि आफू निरन्तर यस क्षेत्रलाई गुणस्तरीय बनाउनको लागिपर्ने उनको भनाइ रहेको छ । पछिल्लो समयमा तीज, लोकगित टिपिकल गितहरु ब्जारमा ल्याएका छन् ।

गीतहरू आधुनिक शैलीबाट आउने गरेका छन । पुरानो समयको जस्तै मादल, चाँपमा गीत गाएर नाँच्ने चलन हराइसकेको छ । अहिले पाँच वर्षका बालकदेखि ६० वर्षका वृद्धसम्म डिजेमा भिजेका बेला मिथुनको डिजे बजाई दे पछिको अपार सफलतापछि हालै मात्रै बजारमा नयाँ गीत ‘डिजे बजाइ दे २’ बजारमा आएको छ ।

यस गीतमा गायक मिथुन दर्नालीसँगै रेखा जोशीको स्वर रहेको छ भने दर्नालीकै शब्द र संगीत रहेको छ । जसका म्युजिक भिडियोमा चर्चित गायक तथा मोडेल चक्र बम र नलीना बस्नेतको नृत्यलाई देख्न सकिन्छ ।

यो गितको भिडियो डाइरेक्सन विक्रम चौहान गरेका छन् भने क्यामेरा मेन प्रकाश खड्काले गरेका छन् । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा सागर बावु पु्नले रेकर्डिङ र कुमार सानु पुनले मिक्सिङका थिए । भिडियोको इडिटिङ मिलन विश्वकर्माले गरेका थिए ।

भिडियो हेर्नका लागि यो लिङ्मा हेर्नुहोला

Loading...
प्रकाशित मिति २० मंसिर २०७६, शुक्रबार ०२:४८