काठमाडौं / काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ।
हिजो बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यूनतम तापक्रम घट्दा चिसो बढेको विभागले जनाएको छ। अहिले देशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली रहेको विभागले जनाएको छ।
विभागका अनुसार बाँकी भुभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भभागमा आंशिक बदली रहने अनुमान विभागले गरेको छ।