नेपाल प्रहरीमा मोडेल अञ्जली अधिकारी ( भन्छिन् दिदिबहिनीको सुरक्षा गर्छु )

चौतारी / हरेक कुराको समय आउँछ ‘तर; पर्खिनु पर्छ भन्ने भनाइ सँग ठ्याक्कै मेल खान गएको छ मोडेल अञ्जली अधिकारीको जीवन र मोडलिङ यात्रा, उनी लोकदोहोरी क्षेत्रको चर्चित नृत्याङ्गना भएतापनि लोकप्रियता भने खासै थिएन ।

गतसाल बजारमा आएको प्रकाश सपूतको ‘बोल माया’ गीतमा जीवन्त अभिनय गरेकी अञ्जलीको सांगीतिक बजारमा एकाएक चर्चा चुलियो । उनी एक सफल कलाकार पहिल्यै बनेपछि धेरै माझ चिनाउने गीत भने बोलमाया नै रह्यो, त्यसपछि छिटपुट म्युजिक भिडियोहरु र स्टेज कार्यक्रमहरुमा देखिँदै आएकी अञ्जलीलाई यो बर्ष भने भ्याइनभ्याई छ भन्दा फरक नपर्ला ।

भर्खरै मात्र बजारमा आएको प्रकाश सपूत र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘गलबन्दी’ मा अभिनय गरेकी अञ्जलि यति बेला निकै चर्चामा छिन् । विशेष त तीजको माहोल सुरु हुँदै गर्दा दैनिक उनको १ अथवा २ म्युजिक भिडियो आइरहेको छ ।

सधै रातो साडीमा सजिएकी अञ्जलि यो पटकको तीज गीतमा नेपाल प्रहरीको पोसाक लगाएर दिदिबहिनीको सुरक्षाको लागि खटिएको देख्न सकिन्छ । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको तीज गीतमा अञ्जलि अधिकारीले प्रहरीको भुमिका निभाएकि छिन् ।

Loading...
प्रकाशित मिति २९ असार २०७६, आईतवार ०१:३३