महिला म्याराथनमा पुष्पा भण्डारीले दिलाइन् रजत

काठमाडौं /१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।

सल्यानकाे माल्नेटा घर भएकी पुष्पाले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।

पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् । २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरेकी भारतीय खेलाडी ज्योतीले तेस्रो हुँदै कास्य पदक जितेकी छन् ।

पुरुषतर्फको स्पर्धामा भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

Loading...
प्रकाशित मिति २१ मंसिर २०७६, शनिबार ०५:४५