बागलुङमा मामा–भान्जी पक्राउ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा दुई जना पक्राउ परेका छन् ।

गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई पाँच किलोग्राम चरेससहित शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

Loading...
प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार ०६:५६