एक दिनमै बन्छ यति राम्रो घर ( भिडियो हेर्नुहोस् )

काठमाडौं / राजेश रुम्बा लामाको चितवनमा तामाङ ब्लक उद्योग संचालित छ । उनको तामाङ ब्लक उद्योग पुर्वी चिवनमा निकै चर्चित छ । राजेशले संचालन गरेको उद्योगले एकदिनमै घर गोठ निर्माण गरेर घरधनीलाई हस्तान्तरण समेत गर्ने गरेको छ ।

एक दिनमै घर गोठ बन्ने भएपछि उनको ब्लक उद्योगको चर्चा चुलिएको हो । राजेशले तमाङ ब्लक उद्योगको शाखा कार्यालय मकवानपुरमा समेत खोलेका छन् । निम्न आय स्रोत भएका व्यक्तिका लागि एक दिन घर गोठ निर्माण सेवा प्रभावकारी बन्दै गएको राजेश बताउछन् ।

‘घरधनीले भने अनुसार घर बनाउन थप समय लाग्न सक्छ’ राजेशले भने, ‘तर मेरो टिमले घर गोठको नमुना एक दिनमै तयार पारिदिन्छ ।’ कम्तीमा चार कोठाको घर तयार पार्नको लागि ६ लाख देखि ८ लाख सम्म खर्च लाग्ने उनले जानकारी दिए ।

तामाङ ब्लक उद्योगले निर्माण गरेको घर चालिस बर्ष सम्म टिक्ने राजेशले दाबी गरेका छन् । ‘हामीहरुले बनाएको घर भुकम्प प्रतिरोधी हुन्छ’ उनले भने, ‘७२ सालको भुकम्पले पनि हामीले बनाएको घरमा कुनै क्षती भएन ।

Loading...
प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार १५:०६