काठमाडौं / केकी अधिकारी स्टारर सिनेमा ‘चालबाज’को दार्जिलिङबाट छायाँकन सुरु भएको छ । सस्पेन्स लभस्टोरी जनरामा निर्माण हुने सिनेमामा केकी जोडी डेव्यु-अभिनेता अविनाश प्रधानसँग बाधिएको छ । सिनेमालाई डेव्यु निर्देशक कैलाश राईले निर्देशन गरिरहेका छन् ।
सौरभ इन्टरटेनमेन्ट र बलाली प्रोडक्सनको व्यानरमा निर्माण भैरहेका सिनेमामा बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङलगायतका कलाकारको पनि मुख्य भूमिका छ । सौरभ लामाले छायाँकन गरिरहेको सिनेमामा अरुण तामाङको लगानी रहनेछ ।
सिनेमामा दीपक शर्मा र ओम गुरुङको संगीत, विपिन किरणको गीत रचना, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।