गौरिकाले फेरि जितिन् चौथो स्वर्ण

काठमाडौं / पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

यो पनि पढ्नुहोस

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्णपदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।यसअघि, नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौं सागमा बक्सिङतर्फ दुईओटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ ओटा स्वर्णपदक जितेको थियो ।

त्यसैगरी, महिला ४८ केजी तौल समूहमा ललिता महर्जनले रजतपदक हात पारिन् । उनी भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पारेकी हुन् ।

Loading...
प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १२:०१