धनकी देवी लक्ष्मीलाई खुसी पार्न यस्तो कार्य गर्नुहोस्

काठमाडौँ / हिन्दुधर्ममा महिलालाई देवीको रुपमा लिइने गरिन्छ । धनकी देवी लक्ष्मीको कैयौं रुप वा अवतार रहेको त्यस मध्ये एक महिलालाई लिइने हिन्दु धार्मिकशास्त्रमा उल्लेख भएको पाइन्छ । जसअनुसार देवी लक्ष्मीको बास हरेक घरमा भएको विश्वास गरिन्छ।

हिन्दु परम्पराअनुसार, जुन घरमा गृहलक्ष्मी वा गृहणी खुसी वा प्रशन्न रहने गर्छन्, त्यस घरमा माता लक्ष्मीको विशेष कृपा रहने धार्मिक मान्यता छ।  त्यसैगरि देवी लक्ष्मीलाई सधै खुसी र प्रशन्न पार्न धेरै ठूलो पूजा गर्नुपर्दैन, आफ्नो श्रीमतीलाई समय समयमा यस्ता ४ उपहार दिनुहोस् जसले गर्दा घरमा सधै खुसी र समृद्धि छाउने विश्वास गरिन्छ ।

१) वस्त्र उपहार दिनुहोस् : ज्योतिषशास्त्र मनुस्मृति तथा अन्य पुराणमा उल्लेख भएअनुसार जुन घरमा स्त्री खुसी रहन्छन् त्यस घरमा सदैव माता लक्ष्मीको बास हुने गर्दछ। यदि कुनै घरमा गृहलक्ष्मीको मन दुःखी हुन्छ, उक्त घरमा सधैं आर्थिक अभाव र कलह हुने गर्दछ। तसर्थ, आफ्नो घरमा रहेका आमा, श्रीमतीसहित स्त्रीलाई खुसी बनाउन समय समयमा वस्त्रहरु उपहार दिँदा शुभ मानिन्छ।  यसैगरि घरमा  विवाह भएका महिलालाई वस्त्र उपहार दिँदा सबै कलहहरु घट्ने र अत्यन्त शुभ हुने विश्वास गरिन्छ।

२) आभुषण उपहार दिनुहोस् : आभुषण भन्नाले सृंगारको सामान भनेर बुझिन्छ। आभूषण बिना देवीको पूजा कहिल्यै सम्पन्न नहुने हुँदा आभूषणका सामग्रीहरु चढाउने गरिन्छ।  त्यसैगरी सृंगारका सामग्रीहरुले घरका गृहणीहरुलाई पनि धेरै शोभा दिने गर्दछ। हिन्दु धर्ममा राम्रो आभूषणमा सजिएकी महिलालाई साक्षात् लक्ष्मीको संज्ञा दिने गरिन्छ।  तसर्थ, समय समयमा आफ्नो पत्नीलाई साना साना भएपनि आभूषणका सामग्री उपहार दिँदा घरमा सुख, शान्ति र समृद्धि हुने गर्दछ।

३) विवाहसँग सम्बन्धित सामग्री : विवाहसँग सम्बन्धित् सामग्री अर्थात् सौभाग्यका सामग्रीहरु सिन्दुर, पोते, बिन्दी, चुराजस्ता सामान उपहारको रूपमा प्रदान गर्दा सौभाग्य बढ्नुका साथै माता लक्ष्मी पनि अत्यधिक प्रशन्न रहने मानिन्छ।

४) असल व्यवहार र मिठो बोली : आफ्नो श्रीमतीलाई सधैं असल व्यवहार र मिठो बोलीमा बोलियो भने यो कुनै उपहार भन्दा कम हुँदैन र यसमा कुनै पैसा समेत खर्च हुँदैन ।  यदि जो कोहिले श्रीमतीसँग मिठोसँग बोल्ने र असल व्यवहार गर्दछन्, त्यस घरमा जहिले प्रेम र सद्भाव कायम भई सबै परिवारका सदस्यहरु आनन्दित रहने गर्दछन् ।

Loading...
प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १५:०६