चलचित्र ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्बजनिक

काठमाडौं / समाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्र्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । अनिश थापाको डेब्यु निर्देशनमा बनेको फिल्मको सार्वजनीक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ ।

मनिसमा फिल्मस्को ब्यानरमा हिमाल कडरिया र दुर्गा बस्नेतको निर्माणमा बनेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत बिनोद खुम्बुले दिएका हुन । हिमाल कडरियाको कथा रहेको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् ।

निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताउछन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचेको चलचित्रमा सुमन तामाङको छायांकन छ । फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।

Loading...
प्रकाशित मिति २९ असार २०७६, आईतवार ०९:०९