प्याजको मूल्य फेरि बढ्यो, किलोको कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं / नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ ।  केहि समयअघि घटेको प्याजको मूल्य आज फेरि बढेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आईतबार प्याजको खुद्रा मूल्य प्रतिकेजी दुई सय २५ रुपैयाँ पुगेको थियो ।

आज पनि प्याजको मूल्य उही कायम रहेको छ । प्याजको मूल्य आकाशिएसँगै  उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने बाध्यता रहेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

Loading...
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार ०३:५२