सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना

दिपेन्द्र पराजुली,

सोलुखुम्बु, मंसिर २४ / सोलु्खुम्बुबाट काठमाडौका लागि छुटेको सुमो ओखलढुङगाको टोड्केमा दुर्घटना हुदाँ २ जना गम्भिर घाईते भएका छन् ।

सोलुबाट काठमाडौका लागि चालक सहित १० जना यात्रु सवार रहेको ना १ ज ६४१२ नम्बरको सुमो सिद्धिचरण नगरपालिका ६ स्थित टोड्केमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मङलबार विहान ८ः४५ बजेको सयमा सुमो सडकबाट १ सय ५० मिटर तल खस्दा महाकुलुङ गाउँपालिका बुङकी गर्भवति महिला ज्योति राई र थुलुङदुधकोसी गाउँपालिका वडा नम्बर ९ लोखिमकी मणिकला राई गम्भिर घाईते भएका छन् ।

उनिहरुको मिसन अस्पताल ओखलढुङगामा उपचार भैरहेको छ । अन्य यात्रुको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार ०६:३१