श्रीमान सँग काम गर्न असहज भयो – स्वस्तिमा खड्का

काठमाडौं / स्वस्तिमा खड्का पछिल्लो समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । उनले केहीदिन अघि मात्र चलचित्र घामट शेरे को छायांकन सकाएकी छिन् । जहाँ उनको जोडी निश्चल बस्नेतसँग जोडिएको छ । चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान र श्रीमतीको भूमिकामा देखिदैँ छन् ।

स्वस्तिमाले सुटिङको समय निश्चलसँग काम गर्न केही असहज भएको बताइन् । उनले निश्चल आफ्नो श्रीमान भएकाले चलचित्रमा पनि श्रीमान श्रीमतीको भूमिका निभाउनु पर्दा भावनामा डुुबिने कुरा बताइन् । उनलाई निश्चल आफ्नै श्रीमान त हो भन्ने महशुस भएकाले चलचित्रमा पनि भावनामा बढी डुबेको बताइन् ।

उनले त्यस्तो हुँदा अभिनय गर्न केही गाह्रो भएको पनि बताइन् । तर निश्चल र स्वस्तिमाले केही म्यूजिक भिडियो एकसाथ गरिसकेका छन् । त्यसैले स्वस्तिमाले निश्चलसँग सहज पनि भएको बताइन् ।

Loading...
प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०५:५८