भोली देशभर सार्वजनिक विदा

काठमाडौं, २५ मंसिर । सरकारले बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । भोली बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो ।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् । भोली पहाडी समुदायले पनि कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाने गर्छन् ।

यी तिन पर्व भोली एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Loading...
प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १२:००