स्वर्ण जित्ने खेलाडीलाई नगद ९ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौंः दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख रकम पुरस्कार दिने घोषणा गरेको छ । ओलीले बुधबार बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कार दिने घोषणा गरेका हुन् ।त्यस्तै प्रधानमन्त्रीले रजत जित्ने खेलाडीलाई नगद ६ लाख तथा काश्य जित्नेलाई ३ लाख नगद पुरस्कारको घोषणा गरेका छन् ।

समूहगत प्रतिस्पर्धातर्फ भने प्रत्येक खेलाडीले स्वर्णतर्फ दुई लाख, रजततर्फ एक लाख ५० हजार र कांस्यतर्फ एक लाख रूपैयाँ नगद पुरस्कार दिइने घोषणा गरिएको छ । तर, फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ।

एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख रूपैयाँ दिइने बताइएको छ ।नेपालले सागमा ५१ स्वर्ण जितेको छ जुन स्वर्ण पदक जितेको नेपालको पहिलो हो । त्यस्तै नेपालले ६० रजत र ९५ कांस्य पदक जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले सागमा स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत पदकजित्नेलाई तीन लाख र कांस्य पदक जित्ने खेलाडीहरूलाई दुई लाख रूपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ।

Loading...
प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १३:४२