रवि लामिछानेले संचालन गर्ने नयाँ ‘रियालिटी शो’ ‘द लिडर’को घोषणा

काठमाडौं । न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ ।काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो ।

देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यक्तिको खोजी गर्ने उद्देश्यका साथ सुरु हुन लागेको कार्यक्रमको लागि देशका विभिन्न ठाउँमा अडिसन हुने छ भने देश बाहिर पनि अडिसन हुने बताइएको छ ।

न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने छ । कार्यक्रमको प्रस्तोताको रुपमा रवि लामिछाने रहेका छन् ।

यस कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् ।

Loading...
प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार १६:०७