गायिका जानकी तरामी मगरको नयाँ गीत बजारमा

काठ्माडौं /चर्चित गायिका जानकी तारमी मगरले आफ्नो जन्म दिनलाई लक्षित गरेर “देउरालीमा बतासै चल्यो” गीत आफ्नै अफिसियल युट्युव मार्फत सार्वजनिक गरेका छ्न।

सदावहार सर्जक,गायक शिव हमालको शब्द,संगीतमा तयार पारिएको उक्त गीतको संगीत संयोजन आशिष् अविरलले गरेका हुन भने राम्जी खाण र जानकी तारमी मगरको स्वर रहेको छ।

छोटो समयमै आफूलाई चर्चाको शिखरमा पुर्याउन सफल मोडल अञ्जली अधिकारी र राम्जी खाणको दम्दार अभिनय रहेको उक्त भिडियो राजेश घिमिरेको छायांकनमा मगर कृयशनले निर्माण गरेको हो। चर्चित डाइरेक्टर प्रकाश् भट्टको कोरियोग्राफ र निर्देशन रहेको सो भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन।

Loading...
प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार १८:१४