ह्वात्तै बढ्यो चिसो

काठमाडौं । आजदेखि देशभरि चिसो झनै बढ्ने भएको छ। पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने भएकाले चिसो बढ्ने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना छ।यो प्रणाली बिहीबार अझै सशक्त हुनेछ।

त्यसले देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हिमपातको सम्भावना छ । बिहीबारदेखि काठमाडौं उपत्यकामा पनि घाम फाटफुटमात्र लाग्नेछ ।

महाशाखाका अनुसार देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ।

Loading...
प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार ०२:३२