नीलिमा थापा मगरको “मन पंक्षी” सार्वजनिक

काठमाडौं २९ असार / नीलिमा थापा मगरको सुमधुर आवाजमा “मन पंक्षी” सार्बजनिक भएको छ । उनि सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ बाट बाहिरिएकी थिईन । उत्कृष्ठ सात प्रतिस्पर्धीले दिएको प्रस्तुती हेरेर दर्शकले गरेको भोट र निर्णायकको मतका आधारमा निलिमा बाहिरिएकी हुन् ।

यतिबेला नेपालमा सुन्न लाएक र हेर्नलाएक गीत तथा भिडियोहरु निर्माण हुन थालेका छन । यस्तै चलचित्र क्षेत्रमा झनै कम्तिमा एउटा गीत उत्कृष्ट बनाउने कोसिस देखिन थालेका छन । कतिपय गीतहरु सोचे भन्दा धेरै व्यापार गर्न सफल भएका छन ।

दर्शकहरुको पनि मौलिक गीतहरुमा निकै झुकाव बढेको देखिन्छ । त्यसैले त अहिले कलाकारहरुको आम्दानी पनि राम्रै बढ्न थालेको छ । यति मात्र नभएर अरु कला भएका ब्यक्तिहरुले पनि यस्ता चलेको गीतहरुमा कभर भिडियो बनाएर राम्रै आम्दानी गरेको देख्न सकिन्छ । यसरी आम्दानी गर्ने मुख्य स्रोत भने युट्युव नै बनेको छ ।

नीलिमा थापा मगर मन पंक्षी बोलको गीत हाईलाईट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा डिपि खनालको लय र मनोज थापा मगरको संगीत रहेको छ । यस गीतको भिडियो अभेश बज्राचार्यले खिचेका हुन । गीतको निर्देशन मोहन राज अधिकारीले गरेका छन ।

Loading...
प्रकाशित मिति २९ असार २०७६, आईतवार ११:२३