भक्तपुर घ्याम्पेडाँडामा ‘जीपलाइन’

भक्तपुर, २८ मंसिर / सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवर्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास गरेका हुन् । घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो ।

रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन शुरु गर्न लागिएको हो । – फाइल तस्बिर 

Loading...
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार ०२:४७