वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन

काठमाडौं / वरिष्ठ कलाकार दीपक क्षेत्रीको शनिबार निधन भएको छ। शनिबार उनी आफ्नै घरमा मृ,त फेला परेको जनाइएको छ। ५८ वर्षीय कलाकार क्षेत्री लामो समयदेखि विरामी थिए।

पोष्टमार्टमका लागि उनको शव महाराजगन्जस्थित त्रिबि शिक्षण अस्पतालमा राखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। श्रीमती विपना बस्नेत छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने जनाइएको छ।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् । हरेक फिल्ममा उनको अभिनयको निकै प्रशंसा हुने गर्दथ्यो ।

Loading...
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार १४:४४