काठमाडौं / घनश्याम रिजाल र जस्मिन गुरुङको ‘माकुराको जालो’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा घनश्याम रिजाल र जस्मिन गुरुङको आवाज रहेको छ । गीतमा गायक घनश्याम रिजालको आफ्नै शब्द सृजना रहेको छ । सुनिल परियारको संगित संयोजन रहेको गीतमा राजन कार्कीको संगीत रहेको छ ।
चर्चित निर्देशक प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको छ । राजेश घिमिरेले छायाँकन गरेको गीतको सम्पादन विष्णु शर्माले गरेका छन् ।
गीतमा रामजी खाँड र रबिना भण्डारीको अभिनय रहेको छ । गीतको भिडियोमा घनश्याम रिजालको आफ्रनै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।