कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चाेकमा दुर्घटना, १२ काे मृत्यु

काठमाडाैँ, २९ मंसिर / दाेलखाकाे कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनाग्रस्त भएकाे छ ।

साे दुर्घटनामा परेर कम्तीमा १२   जनाकाे घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटनाग्रस्त भएकाे जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

सिन्धुपाल्चोकको ६ किलाे मोडमा बस दुर्घटना भएकाे जनाइएकाे छ । घटनास्थलमा १२  जनाको शव फेला परेकाे बताइए पनि यकीन विवरण आइसकेकाे छैन । सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको र दुर्घटनामा केही यात्रु घाइते भएकाे प्रहरीकाे भनाइ छ । उद्धार कार्य भइरहेकाे जनाइएकाे छ ।

Loading...
प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार ०३:४३