सिन्धुपाल्चोक बस दुर्घटनामा आमा गुमाएकी बालिका

सिन्धुपाल्चोक /  सुनकोशीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । उक्त्त घटनामा एक वालिका भने जिउँदै रहेकी छन् । तर बालिकाको आमाको ज्यान गएको छ ।

बालिका आफ्नै बाबुले चलाएको गाडीमा आमाको काखमा बसेर यात्रा गरिरहेको थिइन । चालक बाबुकै लापरबाहीको कारण ब्रेक फेल भएर दुर्घटना भएको हो ।

जसकारण अबोध वालिका अहिले मातृविहिन बनेकी छन्। गाडी दुर्घटना हुँदा आमाको निधन हुन पुगेको छ भने बाबु फरार छन्।

आज बिहान सुनकोशीको पाँचकिलोमा दोलखाबाट काठमाडौ आउँदै गरेको यात्रु्बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत पाँचकिलो मोडकमा दुर्घटना हुँदा ती बालिकाको आमा सहित अन्य १३ जनाको ज्यान गएको थियो ।

भक्तपुर च्यामासिंहमा चल्ने बस कालिञ्चोकबाट फर्कदै गरेको रिजर्भ बसको ब्रेक फेल हुँदा यात्रुबस मोडबाट करिब ५ सय मिटर तल खसेको थियो ।

Loading...
प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार ०९:३०