वरिष्ठ पत्रकार ऋषि धमलालाई फूलमालाको भारी

काठमाडौं  / रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले क्लबको सर्लाही जिल्ला शाखा कार्यालयको नयाँ भवनको उद्घाटन गरेका छन् ।

आइतबार सर्लाहीको होटल कुशुम प्यालेसमा एक कार्यक्रमको आयोजना गरेर उक्त भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट प्रभुको हेलिकप्टरमार्फत सर्लाही आएका धमलालाई यहाँका स्थानीय जनता तथा पत्रकारहरुले भव्य स्वागत गरेका थिए ।

स्थानीयहरुले धमलालाई हेलिकप्टरबाट ओर्लिनेबित्तिकै फूलमाला, अविर, दोसल्ला र खादा ओढाएर सम्मान गरेका थिए । यहाँ उपस्थिति जनताले पत्रकार धमलालाई अहिलेसम्मकै ठूलो माला लगाएर सम्मान गरेका थिए । सम्भवतः एक क्विन्टलको माला पहिराएका थिए ।

स्वागतमा सहभागी एक जना युवा भन्दै थिए,‘मधेशमा हामीले यति ठूलो माला कसैलाई पनि लगाईएको मलाई थाहा छैन् । यो धमला सरप्रतिको क्रेज हो । मधेशमा उहाँलाई धेरै रुचाईन्छ । उहाँलाई हेर्नकै लागिपनि यो भीड लागेको हो भन्ने मेरो बुझाई छ ।’

धमलाले रिपोर्टर्स क्लब नेपालको सर्लाही शाखा कार्यालय भवनको उद्धघाटन् गर्दै आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गरे ।

Loading...
प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार १३:३८