हर्टअट्याक भएर अम्बिका श्रेष्ठको मृत्यू

काठमाडौं २९ असार / पछिल्लो समय हृदयघात अर्थात् हर्टअट्याकले धेरै मानिसहरुको ज्यान लिन थालेको छ । काठमाण्डौ बसुन्धाराकी ५० बर्षि अम्विका श्रेष्ठको र्हदयघातकै कारण मृत्यु भएको छ ।

घरयासी कामकै सिलसिलामा अम्विकाको मृत्यु भएको मृतक अम्बिकाको आफन्त अशोक श्रेष्ठले बताएका छन । हृदयघातको कारण गत २७ गते शुत्रबार मृत्यु भएको हो ।

अम्विकाको दुई छोरी छन । छोरी विदेशमा भएको कारण आज दाहसंस्कार गरिएको आफन्त अशोकले बताए ।

अन्य समाचार

 आप्पा फिल्मले कमायो ५ करोड १० लाख

असार १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र आप्पाले नेपाल र भारतमा गरेर ५ करोड १० लाख कमाएको छ । फिल्म प्रदर्शनमा आएको दुइ हप्तामा नेपाली बजारमा १ करोड ३० लाख कमायो र भारतको २५ शहरमा प्रर्दशनमा रहेको फिल्मले एक हप्तामा १ करोड ८८ लाख भारु नेपाली करेन्सी अनुसार ३ करोड ८० लाख कमाएको आप्पा फिल्मको निर्देशक अनमोल गुरुङले जानकारी दिए ।

पुर्वका थुप्रै फिल्म हलहरुमा आप्पा बाहिरी सकेको छ । पुर्वी नेपालमा बर्षा संगगै नेपाल भर आएको बाडिको कारणले गर्दा पनि आप्पाले नेपाली बजारमा राम्रो कमाउन नसकेको हो । पुर्वका केहि शहरहरु इटहरी, धरान, बिराटनगर, बिर्तामोड, दमकहरुमा सिंगल हलहरु बाट उत्रिइर केहि मल्टीप्लेक्स सिनेमा हलमा मात्र एक दुइ सो चलीरहेको छ र उपत्यकामा पनि केहि मल्टीप्लेक्स हलहरुमा मात्र प्रर्दशनमा रहेको छ ।

आप्पा नेपाली बजारमा राम्रोसंग कमाउन नसके पनि भारतमा भने निकै रुचाइएको देख्न सकिन्छ । केही दिन अगाडि अभिनेता दयाहाङले भारतको केही हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । त्यहाँ उनको जबरजस्त क्रेज देखिएको थियो ।

बुबा र छोराको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा दयाहाङका अलावा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्र डि। कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Loading...
प्रकाशित मिति २९ असार २०७६, आईतवार १३:०३